
महासचिव आहुतिले आज प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘महान विद्रोहलाई प्रतिगमनले खेलाउँदै यथास्थितिमा पछाडि धकेल्ने सम्भावना तीव्र भएको छ । महान् विद्रोहलाई सके संरचनागमत प्रतिगमनमा लैजाने वा बढीमा सीमित बनाउने षड्यन्त्र चरम उत्कर्षमा छ ।’
आहुतिले भनेका छन्, ‘यहाँ प्रस्ट हुनै पर्दछ कि जेनजी विद्रोहको उद्देश्य र भावना एक थान संसदीय सरकार परिवर्तन र एक थान संसदीय चुनावको मञ्चन कदापि थिएन र हुन सक्दैन, किनभने त्यसरी नेपालको समाजको संकट समाधान हुनै सक्दैन ।’

Leave a Reply