२०८३ जेठ ५ , मंगलबार

सन्दुक रुइतले गरे मन्त्री बन्न अस्वीकार



प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी छिन् ।तिलगंगा आँखा प्रतिष्ठान पुगेर मंगलबार कार्कीले रुइतलाई मन्त्री बन्न प्रस्ताव गरेकी हुन् । तर रुइतले अस्पतालको काम र बिरामी छाड्न नसक्ने भन्दै मन्त्री बन्न अस्वीकार गरेका छन् । जेनजीको आन्दोलनपछि शुक्रबार कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो । यही सरकारमा मन्त्रीमा रुइतको चर्चा भएपछि उनले यस्तो बताएका हुन् ।
‘यहाँ अस्पतालमा छु । यहाँ छाडेर आउने ?,’ सञ्चारकर्मीसँग रुइतले भने, ‘यत्रो काम छ, यहाँ छाडेर आउने ? बिरामीलाई छाडेर आउँदिन मन्त्री बन्दिनँ ।’ कार्की नेतृत्वको सरकारमा तीन मन्त्री चयन गरिएका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी प्रधानमन्त्री कार्की छिन् ।
प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार