२०८३ जेठ ५ , मंगलबार

पार्टी कार्यालय पुगे अध्यक्ष दाहाल, नयाँ र भव्य भवन बनाउने घोषणा



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पार्टी कार्यालय पुगेका छन्।  जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले गरेको आगजनी तोडफोडबाट क्षति ग्रस्त भएको पार्टी कार्यालय अवलोकनका लागि उनी पेरिसडाँडा पुगेका हुन्। उनी आज (मंगलबार) मध्याह्न पार्टी कार्यालय पुगेका हुन्। सो क्रममा उनले नयाँ र भव्य पार्टी कार्यालय बनाउने घोषणा समेत गरे।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार