क्यामरा जोड्ने क्रमममा करेन्ट लागेर मृत्यु

सुर्खेत

जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–१ आचार्यबाडा घर भई हाल लासी बजारमा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय अर्जुन महताराको करेन्ट लागेर मृत्यु भएको जुम्लाका प्रहरी प्रमुख डीएसपी रबिनबाबु रेग्मीले बताए ।
उनका अनुसार आइतबार राति करिब १० बजेर ३० मिनेटको समयमा आफ्नै घरमा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा महतारालाई करेन्ट लागेको थियोे । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उनका मित नाता पर्ने गणेश बुढाले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए ।
प्रतिष्ठानका चिकित्सकले उपचारको क्रममा महतरालाई मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । मृतक महाताराले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् ।

अन्य समाचार

+ There are no comments

Add yours