प्रधानमन्त्रीले बोलाइन् सर्वपक्षीय बैठक

प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन्। शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान भएको हो।
माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन तोकिएको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन तयारीमा भइरहेका कामकाजलगायत विषयमा सर्वपक्षीय छलफल गर्न लागेकी हुन्। छलफलमा निर्वाचन आयोग, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकाय र सरकारका प्रतिनिधिहरू पनि सहभागी रहनेछन्।
‘प्रधानमन्त्रीको सचिवालयबाट हामीलाई सर्वपक्षीय छलफलमा बोलाइएको छ,’ एक नेताले भने, ‘छलफलमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र राप्रपालाई बोलाइएको रहेछ। छलफलमा आयोग र सुरक्षा निकाय पनि रहने जानकारी दिइएको छ।’ प्रधानमन्त्रीले यस प्रकारको छलफल पहिलो पटक आह्वान गरेकी हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *