
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भदौ २४ गते जेनजी आन्दोलनका नाममा भएको विध्वंसमा संलग्नहरुलाई राज्यले नै संरक्षण गरिरहेको आरोप लगाएका छन् । वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उक्त विध्वंसका कारण अहिले १२ जना सडकमा आउँदा १२ सय प्रहरी परिचालन गर्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
एक जना व्यक्ति जिल्लामा आउँदा हजारभन्दा बढी प्रहरी परिचालन गर्नुपर्ने अवस्था रहेको भन्दै मुख्यमन्त्री कँडेलले यस्तो अवस्थामा चुनाव गराउन खोज्नु गलत भएको बताए । ‘१२ जना सडकमा विरोध गर्न आउँदा १२ सय जना प्रहरी परिचालन गर्नुपर्ने अवस्था छ, यस्तो अवस्थामा चुनावका कुरा गरिराखेका छौं ।’
गत भदौमा भएको विध्वंसको असर अहिले विकास निर्माणमा परिरहेको उनले बताए । ‘भदौ २४ गतेको आगजनी र ध्वंसमा संलग्नलाई राज्यले नै संरक्षण गरिराखेको छ, यस्तो अवस्थामा विकास निर्माण भन्दा व्यक्ति र संस्थाको सुरक्षाको चिन्ता मनमा उब्जिदो रहेछ ।’ बुधबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले भने ।
मुख्यमन्त्री कँडेलले कर्णालीलाई समृद्ध र विकसित बनाउने सामूहिक अभियानमा सबैको साथ र सहयोगको खाँचो रहेको बताए । सामूहिक प्रयासले मात्रै कर्णाली बनाउन सकिने उनले बताए ।
Leave a Reply