
कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मानव अधिकार संरक्षण र प्रवद्र्धनमा सबैको हातेमालो आवश्यक रहेको बताएकी छन् । मानव अधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक नीति, कानुन तथा संस्थागत सुधार पनि हुनुपर्ने औंल्याई् । हरेक कार्य गर्दा मानव अधिकारप्रति संवेदनशील बन्नुपर्नेमा उनले जोड दिईन् ।
‘मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्नु राज्यको दायित्व भएपनि हरेक व्यक्ति, नागरिक समाज र घरपरिवार मानव अधिकारका सवालमा जिम्मेवार बन्नुपर्छ, हामीले आ–आफ्नो सकारात्मक भूमिका र जिम्मेवारीलाई बहन गर्न सक्यौं भने मात्र मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्छ ।’ सभामुख गुरुङले भनिन् ।
अधिकारका सवालमा कुनै व्यक्तिको पीडा, अन्याय वा विभेद राज्यका लागि पनि चुनौती रहेको उनले बताईन् । तीनै तहका सरकार र सरोकारवाला निकायको सदैव मानवअधिकारका सवालमा ध्यान जानुपर्ने उनले औंल्याईन् । संघ, प्रदेश र स्थानीय तहमा कानुनी राज्य, सुशासन र सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाई थियो । सुशासनलाई व्यवहारमा रुपान्तरण गर्दै समानता, सामाजिक न्यायसहितको सभ्य समाज निर्माणमा सबैले योगदान गर्नुपर्ने उनले औंल्याईन् ।
उक्तmकार्यक्रममा सामाजिक विकासम मन्त्री घनश्याम भण्डारीले समाज निर्माणमा एकल महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउँनुभयो । पितृसत्ता कायम रहेको नेपाली समाजमा एकल महिलाहरुले भोग्नुपरेको समस्या विगतको तुलनामा सुधारोन्मुख रहेको उनले बताए । एकल महिलाहरुलाई दयाभावले भन्दा अधिकारका हिसाबले शक्तिशाली बनाउनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

Leave a Reply