जुम्लाको पातारासी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। शनिबार बेलुका साढे ८ गाउँपालिका– ५ को तल्लो लार्पा भन्ने ठाउँमा क १ प २०७७ मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकलमा सवार पातारासी गाउँपालिका– ५ निवासी २९ वर्षीय मीनबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले बताए।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते बुढाको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।
बुढालाई तत्काल आफन्तले स्थानीय गाउँपालिकाको एम्बुलेन्समार्फत उपचारका लागि प्रतिष्ठान पुर्याएको प्रहरी भनाइ छ।
प्रहरीका अनुसार साँगुरो र अप्ठेरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल सडकबाट करिब ७५ मिटर तल जुवा नदीमा खसेको थियो।
प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार








