अछामबाट दैलेखमा दैनिक उपभोग्य सामग्री ढुवानीका लागि ल्याइएका खच्चड कर्णाली नदीको झोलुङ्गे पुलको एकातर्फका्े फलामे लठ्ठा चुँडिंदा पुलमै अड्किएका छन्।
आइतबार बिहान साढे नौ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिका-९ बाट दैलेखको आठबिस नगरपालिका-४ खिड्कीज्यूला बजारमा दैनिक उपभोग्य वस्तु लिन खच्चड आउँदै थिए।
प्रहरीका अनुसार पुलको एकातर्फका दुई लठ्ठा चुँडिएका छन्। लठ्ठा चुँडिंदा १४ खच्चरका एकातर्फ ढल्किएको पुलको जालीमा खुट्टा अडिएका छन्।
स्थानीय डिलबहादुर थापाकाे अनुसार अहिलेसम्म खच्चडको उद्दार हुन सकेको छैन। खच्चडको अधिक भारले अर्को लठ्ठा पनि चुँडिने अवस्थामा रहेको उनले बताए।
खच्चड अछामका जोरे रोकामगर र राजेन्द्र बोहराका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी सुनिल दाहालले उद्दारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पठाइएको बताए। उनले राकमबाट पठाइएको टोली घटनास्थलमा पुगिसकेको छैन।








