२०८३ असार ३१ , बुधबार

गुडिरहेको सरकारी गाडीमा विद्यार्थीले लगाइदिए आगो



मोरङको विराटनगरमा गुडिरहेको सरकारी गाडीमाथि विद्यार्थीले आगो लगाइदिएका छन्। सडकमा गुडिरहेको प्रदेश योजना आयोगको १ झ ६४४ नम्बरको गाडीमा ढुंगामुढा गर्दै विद्यार्थीले आगजनी गरेका हुन्।

विद्यार्थीले अन्य पाँचवटा सरकारी गाडी पनि तोडफोड गरेकाे प्रहरीले जनाएको छ। घटनाको विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार