नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै संगीन आरोप लगाएका छन्।
‘कम्युनिस्ट पार्टी नै कम्युनिस्ट सिध्याउन लागेको’ टिप्पणी गर्दै अध्यक्ष नेपालले अब नेकपा एसलाई तारो बनाइएको टिप्पणी गरेका हुन्।
‘कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरू नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ,’ आइतबार नेकपा एसले आयोजना गरेको समाजवादी कार्यदिशाबारे प्रवचन कार्यक्रमलाई बोल्दै अध्यक्ष नेपालले भने, ‘एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने रु जसपापछि दोस्रो तारो हामी बनेका हौंं।’
यो यथार्थ नबुझे कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने नबुझिने उनले बताए।
प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार








