२०८३ असार ३१ , बुधबार

कलंकीबाट नक्कली नोटसहित चिया पसल सञ्चालक पक्राउ



काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली नोटको कारोबार गरेको आरोपमा चिया पसल सञ्चालक ४७ वर्षीया तारादेवी डंगोल र नागर्जुन नगरपालिका-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठलाई पक्राउ गरेको हो।

प्रहरीले नक्कली नोट कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान सुरु गरेको थियो। शनिबार राति प्रहरीले तारादेवीलाई नियन्त्रणमा लिएर जाँच गर्दा उनको साथबाट नेपाली एक हजार दरको ५ सय १४ थान, करिब ९५ लाख १४ हजार बराबरको नक्कली नोट बरामद गरिएको थियो।

तारादेवीको पक्राउ पछि अनुसन्धान गर्दा निलिमा श्रेष्ठको संलग्नता देखिएको प्रहरीले जनाएको छ। उनलाई नागर्जुन-५ स्थित पद्मा कोलनीबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : २०८१ जेठ २७ गते आइतबार