२०८३ असार ३१ , बुधबार

आपराधिक गतिविधिमा संलग्नलाई स्थानीयले समातेर प्रहरीमा बुझाए



ज्यान मार्ने उद्योग गरेर लुक्दै हिँड्ने गरेका रामेछापका वीरबहादुर तामाङ्गलाई स्थानीयले समातेर प्रहरीमा बुझाएका छन् ।

काठमाडौको पेप्सिकोलाबाट उनलाई पक्रेर प्रहरीमा बुझाई दिएका हुन।यस अघि उनी विरुद्ध रामेछाप जिल्ला सुनापात्ती गापा वडा नं २ बस्ने ४६ वर्षका जीत बहादुर मगरले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

जीत बहादुर मगरले वीरबहादुर तामाङ्गसंगै ,गगनसिंह घिसिङ्ग भन्ने विष्णु घिसिङ्ग,पासाङ घिसिङ र गहन सिंह तामाङ्ग विरुद्ध पनि जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराएका छन्।

प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार