२०८३ असार ३१ , बुधबार

क्यानडाविरुद्ध पाकिस्तान ७ विकेटले विजयी



आइसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको छ।

अमेरिकाको नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल जित्न १०७ रनको लक्ष पाएको पाकिस्तान १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्‍यो।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारीत २० ओभरमा ७ विकेटको नोक्सानीमा १०६ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले १७ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै पहिलो जित हात पारेको छ । योसंगै पाकिस्तानले ३ खेलमा पहिलो जित हासिल गरेको हो । यस अघि पाकिस्तान पहिलो खेलमा अमेरिकासंग तथा दोश्रो खेलमा भारतसंग पराजित भएको थियो ।

पाकिस्तानका लागि सबैभन्दा बढि मोहम्मद रिजवानले ५३ रन तथा कप्तान बाबर आजमले ३३ रन बनाए । सैम अयुब ६ रन बनाएर आउट भए । क्यानडाका लागि डिलोन हेलिगरले दुई विकेट लिए । त्यसैगरी जेरेमी गोर्डनले एक विकेट लिए ।

क्यानडाको पालोमा सबैभन्दा बढि आरोन जोन्सनले ५२ रन बनाए । उनले ४४ बलमा ४ छक्का र ४चौक्कासंगै ५२ रन जोडेका हुन । त्यसैगरी कलीम सानाले १३ र कप्तान साद बिन जफरले १० रन बाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पाकिस्तानका लागि मोहम्मद अमिर र हरिस रउफले दुई दुई विकेट लिए । त्यसैगरी शाहीन शाह अफ्रिदी र नसीम शाहले एक एक विकेट लिए ।

प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार