२०८३ असार ३१ , बुधबार

नेपाल र श्रीलंकाबीचको खेल हुने स्थान फ्लोरिडामा पानी परकाले टस हुन सकेन



आइसिसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाले प्रभाव पारेको छ ।

समूह डीमा नेपाल र श्रीलंकाबीच स्थानीय समय अनुसार मंगलबार राति ७:३० बजे (नेपाली समय अनुसार बुधबार बिहान ५:१५ बजे० बीच सुरु हुने खेल तालिका भए पनि वर्षाका कारण मैदानमा पानी धेरै जमेकाले अहिले सम्म टस हुन सकेको छैन ।

नेपाल र श्रीलंका दुबै अंक विहिन छन् ।

पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग पराजित थियो। यस अघि खेलेको दुवै खेलमा श्रीलंका पराजित भएको थियो । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग र दोस्रो खेलमा बंगलादेशसँग हारेको थियो ।

नेपाल र श्रीलंकाको खेल हेर्नका लागि अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली समर्थक रेनकोट ओडेर भएर पनि खेल हुने प्रतिक्षामा रंगशालामा बसीरहेका छन ।

फोटो अनिल मल्ल ठकुरी नागरिकफोटो अनिल मल्ल ठकुरी नागरिकफोटो अनिल मल्ल ठकुरी नागरिक

प्रकाशित मिति : २०८१ जेठ २९ गते मंगलबार