लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट फाइभ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ।
सो पहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको नारालाई आत्मसात गर्दै देशभर पाँच हजार रूख रोप्ने लक्ष्य राखेको छ।
यसैक्रममा बैंकले आफ्ना विभिन्न शाखामार्फत स्थानीय समुदाय तथा संस्थाहरूसँग सहकार्य गरी करिब ६ हजार रूख रोपेको जनाएको छ।
प्रोजेक्ट फइफ केसँगै बैंकले आफ्ना एभोइडेड इमिसन रिपोर्ट सार्वजनिक समेत गरेको छ।
यसैक्रममा वातावरण संरक्षणमा बैंकले गर्दै आएका विभिन्न पहलहरू मध्येको प्रोजेक्ट फाइभ केले बैंकको दिगो वातावरण निर्माण गर्ने लक्ष्यमा टेवा पुर्याउनेमा बैंक विश्वस्त रहेको जनाएको छ।
प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार








