२०८३ असार ३१ , बुधबार

नेसनल लाइफको ‘नेसनल रत्न अवार्ड’ सम्पन्न



नेसनल लाइफ इन्स्योरेन्सको ‘नेसनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा नेसनल अवार्ड अन्तर्गत नेसनल रत्न छनौट हुन सफल बागमती प्रदेशका करिब ३५ अभिकर्ता सम्मानित भएका छन्।

कार्यक्रममा कम्पनीको उपकार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्प्रेरणा तालिम प्रदान गर्दै कम्पनीले अभिकर्ताहरूको वृत्ति विकासका लागि ल्याउने हरेक योजनाको छुट्टाछुट्टै महत्व हुने भएकाले यस्ता योजनामा छनौट हुनका लागि व्यावसायिक कार्यनीति बनाउनुपर्ने बताए।

प्रकाशित मिति : २०८१ जेठ ३० गते बुधबार