२०८३ असार ३२ , बिहीबार

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार, अवस्था चिन्ताजनक



बाराको कलैयामा रहेको रामराजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण साहमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

आदर्श कोतवाल गाउँपालिकाको वडा नम्बर ३ स्थित बक्रा टोलमा उनलाई गोली प्रहार भएको बारा प्रहरीले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको र थप उपचारका लागि वीरगञ्ज लैजाने तयारी भएको बाराका प्रहरी नायब उपरिक्षक दाधीराम न्यौपानेले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानमा मोटरसाइकलमा आएको अज्ञात समूहले कुशवाहमाथि एक राउण्ड गोली प्रहार गरेको पाइएको प्रहरीले जनाएको छ ।

आदर्श कोतवाल गाउँपालिका भारतसँग सीमा जोडिएको क्षेत्र हो ।

क्याम्पस प्रमुख कुशवाहको घरसमेत सोही क्षेत्रमा पर्ने प्रहरीको भनाइ छ ।

गोली प्रहार गर्ने समूहको खोजी सुरु गरेकाे न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार