२०८३ कात्तिक १८ , बुधबार

मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय



काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा एआईजी मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान आईजीपी दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई प्रहरी संगठनको नेतृत्व दिने निर्णय गरेको हो । सरकारको निर्णयसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार