२०८३ कात्तिक १८ , बुधबार

नवनियुक्त आईजीपी केसीलाई साढे ५ बजे दर्ज्यानी चिह्न प्रदान गरिने



काठमाडौं। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई बुधबार आजै दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार नवनियुक्त आईजीपी केसीलाई बुधबार साँझ करिब ५ः३० बजे गृह मन्त्रालयमा आयोजित समारोहबीच दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको छ। गृहसचिव केदारनाथ शर्माले आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्नेछन्।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। त्यससँगै सरकारले डा. मनोज केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षक नियुक्त गरेको हो। नवनियुक्त आईजीपी केसीले १७ महिनासम्म नेपाल प्रहरीको नेतृत्व गर्नेछन्।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते बुधबार