२०८३ असार ३२ , बिहीबार

आईसिसी टी–२० विश्वकप: दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो



आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले टस जितेको छ । टस जितेर नेपालले पहिला

फिल्डिङ रोजेको छ।

सन्दीप लामिछाने प्लेइङ ११ मा समेटिएका छन्। सागर ढकालको ठाउँमा सन्दीपलाई टोलीमा राखिएको छ । बाँकी नेदरल्यान्ड्ससँग पहिलो खेलकै टोली रहेको छ।

दक्षिण अफ्रिकाको प्लेइङ : क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम, हेनरिक क्लासेन, डेविड मिलर, ट्रिस्टन स्टब्स, मार्को यानसन, कागिसो रबाडा, एनरिक नोर्किया, ओटनिल बार्टमान र तबरेज शाम्सी

नेपालको प्लेइङ : कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रबार