२०८३ कात्तिक १२ , बिहीबार

प्यूठानमा बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु



प्यूठान प्यूठानको गौमुखी गाउँपालिका–७ नारीकोटमा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ।

स्थानीय शिवलाल थापाका डेढ वर्षीय छोरा कृष थापा बिहीबार बिहान आफ्नै घरमा बाल्टिनमा रहेको पानीमा डुबेका थिए। घटनापछि उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको थियो। अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो। प्रहरीका अनुसार मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १२ गते बिहीबार