२०८३ असार ३२ , बिहीबार

बङ्गलादेशले गुमायो आठौँ विकेट, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको सय विकेट पूरा



बङ्गलादेशले आफ्नो आठौँ विकेट गुमाएको छ।

आईसिसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत नेपालले आठौँ सफलता हात पारेको हो। नेपालका लागि सन्दीप लामिछानेले आठौँ विकेटको रुपमा बङ्गलादेशका जाकिर अलिलाई आउट गरेका हुन्।

योसँगै सन्दीपको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पूरा भएको छ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार