२०८३ कात्तिक १६ , सोमबार

सिंहदरबारमा पाँच विपक्षी दलका नेताहरूको बैठक सुरु



काठमाडौं। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। सोमबार केहीबेरअघि सुरु भएको बैठकमा विभिन्न पाँच राजनीतिक दलका नेताहरू सहभागी भएका छन्।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूको सहभागिता रहेको छ। बैठकमा कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त र प्रमुख सचेतक बासना थापा सहभागी हुनुहुन्छ।

त्यस्तै, नेकपा एमालेबाट संसदीय दलका उपनेता पद्मा अर्याल सहभागी हुनुभएको छ। नेपाली कम्युनिस्ट पार्टीबाट परमेश हमाल, वर्षमान पुन र युवराज दुलाल बैठकमा उपस्थित हुनुहुन्छ। यसैगरी, जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओली पनि बैठकमा सहभागी रहनुभएको छ।

विभिन्न विपक्षी दलका नेताहरू एकै ठाउँमा भेला भएर सुरु गरेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका थप निर्णय तथा छलफलका विषयबारे भने विस्तृत जानकारी सार्वजनिक भइसकेको छैन।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार