२०८३ भदौ ३० , मंगलबार

सिटिजन्स बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारीबीच सम्झौता



सिटिजन्स बैंक र चुच्चेपाटीको स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाबीच व्यावसायिक सम्झौता भएको छ।

सम्झौतापश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार