२०८३ भदौ ३० , मंगलबार

हिमालयन बैंकको शाखा स्थानान्तरण



हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् त्रिपुरेश्वर शाखालाई थापाथली शाखाको नामबाट सञ्चालन गर्न थालेको छ। शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले गरेका छन्।

यसैगरी बैंकले नारायणगढ शाखालाई पनि स्थानान्तरण गरी भरतपुर महानगरपालिका १ मेनरोड नारायणगढ शाखाको नामबाट सञ्चालन गरी बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार