२०८३ असार ३२ , बिहीबार

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो



स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि जेठ २५ गते सुनको भाउ तोलामा १ लाख ४५ हजार रुपैयाँसम्म पुगेको थियो।

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार