२०८३ असार ३२ , बिहीबार

मेयर बालेन ब्राजिल प्रस्थान



काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ब्राजिल गएका छन्।

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी सोमबार बिहान ब्राजिल उडेका हुन् । जुन १९ र २० मा साओ पाउलोमा हुने निर्देशक समितिको बैठकमा उनी सहभागी हुनेछन्।

मेयर शाहले ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा जुन १९ मा हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्यानलिष्टका रुपमा धारणा राख्नेछन्।

सहरी आवास र भवनहरुको विषयमा हुने उक्त बैठकले सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा साझा निष्कर्ष निकाल्नेछ।

शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । पूर्वाधार सल्लाहकार सुनिल लम्सालसहित ब्राजिल गएका उनी असार ८ गते काठमाडौं फर्कनेछन् ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार