काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत विराटनगर किङ्ग्सले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा दोस्रो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको हो। अन्तिम बलसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा जनकपुरले जितका लागि अन्तिम बलमा ३ रन जोड्नुपर्ने थियो। विराटनगरका आन्द्रे रसेलले अन्तिम बल सामना गर्न सैफ हसनलाई बाध्य बनाए।
सैफले छक्का प्रहार गर्ने प्रयास गरे पनि उनको प्रहारलाई बसिर अहमदले उत्कृष्ट क्याचमा परिणत गरेपछि जनकपुरको जित्ने सम्भावना समाप्त भयो। अन्तिम बलमा विकेट गुमाएसँगै जनकपुर २ रनले पराजित हुन पुग्यो। यससँगै विराटनगरले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको छ।
प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार








