२०८३ कात्तिक १७ , मंगलबार

गम्भीर अवस्थामा रहेकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार



कालीकोट। डोल्पामा स्वास्थ्य अवस्था गम्भीर बनेकी एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको छ।

डोल्पाको छार्काताङसोङ गाउँपालिका–कागकोटकी २६ वर्षीया जुनु बुढालाई मंगलबार हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत पु¥याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन्। सुत्केरी व्यथा लागेपछि बुढालाई सोमबार जिल्ला अस्पताल डोल्पा लगिएको थियो।

अस्पतालमा उपचार भइरहेका बेला उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि थप उपचारका लागि सुर्खेत पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। स्थानीय अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि गम्भीर अवस्थामा रहेकी बुढालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १७ गते मंगलबार