२०८३ असार ३२ , बिहीबार

यूरोकपमा आज राति अष्ट्रियाले फ्रान्सको सामना गर्ने



यूईएफए यूरोकप- २०२४ मा अष्ट्रियाले फ्रान्ससँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘डी’ अन्तर्गतको खेल जर्मनीको मेर्कुर स्पेल एरिनामा रातिको पौने एक बजे सुरु हुनेछ ।

फ्रान्स र अष्ट्रियाको यो जारी यूरो कपमा पहिलो खेल हो । सोही समूहको अर्को खेलमा भने नेदरल्यान्ड्सले पोल्यान्डलाई हराउँदै विजयी सुरुवात गरेको थियो ।

सोमबार नै समूह ‘ई’ अन्तर्गत दुई खेल हुनेछन् । रोमानिया र युक्रेन आमने सामने हुँदा स्लोभाकियाले बेल्जियमको सामना गर्नेछ ।

रोमानिया र युक्रेनबीचको खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे र बेल्जियम र स्लोभाकियाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ । चारै टिमको यो पहिलो खेल हो ।

यूरोकपको यो सिजन जर्मनी, स्टिजरल्यान्ड, स्पेन, डिफेन्डिङ च्याम्पियन इटली र इंल्यान्डले विजयी सुरुवात गरेका छन् ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमबार