२०८३ असार ३२ , बिहीबार

सिद्धार्थ बैंकद्वारा चाइल्ड हेल्थलाई आर्थिक सहयोग



सिद्धार्थ बैंकले बालबालिकाकालाई उचित र गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइटको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरूप एक करोड प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्।

बालबालिका राष्ट्रका कर्णधार भएकाले राष्ट्रको भविष्य बालबालिकाको स्वास्थ्यमा निर्भर हुने मान्यताका साथ बैंकले सो कल्याणकारी कार्यमा सहभागिता भएको बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८१ असार ५ गते मंगलबार