२०८३ साउन १ , शुक्रबार

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?



नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेका छ।

यसैबीच चाँदीको मूल्यमा भने आज सामान्य वृद्धि भएको छ। सोमवार तोलामा १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८१ असार ५ गते मंगलबार