२०८३ साउन १ , शुक्रबार

भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु



मध्य अमेरिकी मुलुक एल साल्भाडोर र ग्वाटेमालामा भारी वर्षा पछि आएको बाढी र पहिरोका कारण १३ जनाको मृत्यु भएको छ।

एल साल्भाडोरमा अहिलेसम्मको सबैभन्दा बढी प्रभावित पश्चिमी जिल्ला टाकुबामा सोमवार पाँच जनाको मृत्यु भएको नागरिक रक्षा प्रमुख लुइस अमायाले बताए।

यसैगरी राजधानीको राजमार्गमा यात्रा गरिरहेको कारमा रूख र पोलहरु खस्दा आइतवार दुई जनाको मृत्यु भएको थियो।

शुक्रदेखि आइतवारसम्म बाढी र पहिरोमा थप चार जनाको मृत्यु भएको अमायाले बताए।

राष्ट्रपति नायब बुकेलेले एक्समा काङ्ग्रेसलाई मङ्गलवार सङ्घीय बिदाको आग्रह गर्दै यात्राबाट बच्न र “त्रासदीको जोखिम कम गर्न आह्वाहान गरे।

गत शनिवारदेखि नै दुवै स्थानमा वर्षा भइरहेको छ।

ग्वाटेमालामा, पश्चिमी नगरपालिका सकापुलासको चाकाया गाउँमा दुईजनाको मृत्यु भएको बताइएको छ।

इक्वेडरमा पहिरोमा परि मृत्यु हुनेहरूको सङ्ख्या छ बाट बढेर सात पुग्नुका साथै अन्य २२ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

उनीहरुका अनुसार दक्षिणी इक्वेडरको पर्यटक तुङ्गुरहुआ प्रान्तमा भारी वर्षाका कारण पहिरो गएको हो। रासस

प्रकाशित मिति : २०८१ असार ५ गते मंगलबार