२०८३ साउन १ , शुक्रबार

आइसरलाई ‘स्ट्रङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस’ अवार्ड



बतास एमएडब्लू आइसरले ‘स्ट्रङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस–०२३/२४’ अवार्ड प्राप्त गरेको छ ।

थाइल्यान्डमा भएको ग्लोबल वार्षिक कन्फेरेन्समा आइसरलाई उक्त अवार्ड प्रदान गरिएको थियो।

कमर्सियल भेहिकलमा अग्रणी रहेको नेपालका लागि आधिकारिक विक्रेता बतास र एमएडब्लूबीच एकताको पहिलो वर्षमै अन्तर्राष्ट्रियस्तरको सफलता प्राप्त गरेको कम्पनीको दाबी छ।

आइसर इन्डियाले आइसरको बिक्री–वितरण तथा ग्राहक सेवामा ठूलो र उल्लेख्य परिवर्तन भएको बताएको छ।

कम्पनीले समयसापेक्ष ग्राहकको चाहनाअनुरूप बस, ट्रक, ट्रिपर उपलब्ध गराउँदै आएको छ । यस्का साथै अन द स्पट सेवा, विनाझन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेन्ज फाइनान्सको सुविधा रहेको छ।

साथै कम्पनीले अनलाइनमार्फत स्पेयर्स पार्टस् पनि उपलब्ध गराउँदै आएको कम्पनीका कार्यकारी निर्देशक दीपक अग्रवालले बताए। आइसर ५० भन्दा बढी देशमा फैलिएको छ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार