२०८३ साउन १ , शुक्रबार

स्वस्थ जीवनका लागि योग गरौँ: मुख्यमन्त्री सिंह



मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले स्वस्थ जीवनका लागि दैनिकरूपमा योग प्राणायाम आवश्यक रहेको बताएका छन्।

दशौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासले आज तिरहुतियागाछीमा आयोजना गरेको योग शिविरमा उनले युवा वर्गलाई गलत मार्गबाट जोगाउन योग तथा ध्यानतर्फ आकर्षित गर्न जरुरी रहेको बताए।

उनले योगको अभ्यास नियमितरुपमा घर-घरमा हुनुपर्ने धारणा राखे। युवासहित सबै वर्गका व्यक्ति स्वस्थ भएमा मात्र राष्ट्र स्वस्थ भइ समृद्धिको मार्गमा जाने उनको भनाइ छ।

मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले हिमालय क्षेत्रमा वैदिककालदेखि ऋषिमुनिहरुले योग गरेको उल्लेख गर्दै योग तथा प्राकृतिक चिकित्साको अध्ययन अध्यापन नेपाल संस्कृत विश्व विद्यालयको वाल्मीकि विद्यापीठमा हुने गरेको जानकारी दिइन्।

उनले योगलाई आयुर्वेदसँग जोडेर विकास गर्न नरदेवी आयुर्वेद कलेजले पहिलेदेखि अध्ययन अध्यापन गर्दै आएको सुनाइन्।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार