२०८३ साउन १ , शुक्रबार

नेसनल लाइफ इन्स्योरेन्सका कर्मचारीलाई उत्प्रेरणा तालिम



नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूका लागि बहुआयामिक प्रशिक्षण प्रदान गरेको छ। तालिम काठमाडौंको लाजिम्पाटमा २०८१ असार २, ३ र ४ गते सञ्चालन गरिएको थियो। वरिष्ठ कर्मचारीहरूका लागि स्वस्थ्य र सन्तुलित जीवन प्रवद्र्धन गर्ने ध्येयले सो प्रशिक्षण प्रदान गरिएको कम्पनीले जनाएको छ।

तालिमले कर्मचारीको व्यक्तिगत एवं व्यावसायिक विकास प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। विविध पक्ष समेटेर तयार गरिएको यो प्रशिक्षणबाट व्यक्ति र संस्था दुबैको व्यावसायिकता वृद्धि हुने अपेक्षा राखिएको छ।

तालिमको नेतृत्व आर्ट अफ लिभिङ नेपालका कर्पोरेट कार्यक्रम निर्देशक नीभा एम प्रधानले गरेकी थिइन्। प्रधान एक सम्मानित अन्तर्राष्ट्रिय कर्पोरट प्रशिक्षक हुन्। साथै यस कार्यक्रममा वरिष्ठ प्रशिक्षक अच्युत गौतम र सम्झना खरेलले पनि सहयोगीको भूमिका निर्वाह गरेका थिए।

कार्यक्रमको समापन समारोहमा कम्पनी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंह र आर्ट अफ लिभिङ नेपालका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको पनि उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार