२०८३ साउन १ , शुक्रबार

पायोनियर मोटो कर्पको नयाँ योजना



पायोनियर मोटो कर्पले बिग, बोल्ड, ब्युटिफुल र करिस्माटिक एसयुभी निसान म्यागनाइट नयाँ योजना ल्याएको छ। ग्राहकले चार वर्षको लागि ‘फ्रि रनिङ कस्ट’ सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्ने, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक करसमेतको व्यवस्था पनि बैंकले उपलब्ध गराएको छ।

कम्पनीका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाले नयाँ ग्राहकलाई विभिन्न फाइदा उपलब्ध गराउने ध्येयले यस्तो योजना ल्याइएको बताए। उनले यस्ता लाभदायक योजनाबाट नयाँ प्रविधिलाई ग्राहकसामु पुर्‍याउने उद्देश्य राखिएको बताए।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार