एसआइआइपीएल ग्रुप नेपालले दुबईको क्वालिटी आइसक्रिम नेपालमा भित्र्याएको छ। काठमाडौंस्थित एक होटलमा एक कार्यक्रम गरी आइसक्रिम औपचारिकरूपमा विक्री वितरण सुरुवात गरेको जानकारी गराएको हो।
कार्यक्रममा सेलिब्रेटी, इन्फ़्लुएन्सर, एसआइपीपीएलका अधक्ष्य सौरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अलि (सेल्स, मार्केटिंग तथा सप्लाई चेन), ज्योती ग्रुपका कर्मचारी र विभिन्न व्यापारिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।
क्वालिटी आइसक्रिम, भारतको ग्रेभिस समूह अन्तर्गत प्योर आइसक्रिमद्वारा उत्पादित ब्राण्ड हो। सन् १९७७ मा, संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्राण्डको रूपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सले गर्दा विश्वभरकै आइसक्रिम पारखीहरुको रोजाईमा पर्छ।
गत वर्षको अक्टोबरदेखि, देशभरका डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरूमा उपलब्ध क्वालिटी आइसक्रिमले हालै आफ्नै किओस्क र कार्टहरु संच्चलन गरी आफ्नो विशिष्ट स्वादहरूले गर्दा नेपालमा निरन्तर रूपमा लोकप्रियता पाइरहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्योर आइसक्रिमका सेल्स, मार्केटिंग तथा सप्लाई चेनका भाइस प्रेसिडेन्ट मजहर अलीले नेपाली उपभोक्ताहरुको बदलिँदो जीवनशैली, गुणस्तरीय उत्पादनको रोजाई तथा अन्तर्राष्ट्रिय आइसक्रिम फ्लेभरको बढ्दो बजार मागलाई सम्बोधन गर्दै विभिन्न अन्तराष्ट्रिय फ्लेभरका आइसक्रिमहरु भित्र्याएको जनाए।
एस आईआईपीएल नेपालका अध्यक्ष सौरभ ज्योतीले नेपालमा क्वालिटी आइसक्रिमलाई प्राप्त गरेको स्वागत उत्साहजनक रहेको र आगामी वर्ष भित्र देशव्यापी रूपमा दुई सय स्थानहरूमा विस्तार गर्ने योजना बताएसँगै, नेपालभरका इच्छुक व्यवसायहरूबाट पार्लर, कार्ट, आउटलेटहरुमा लगानी र सहकार्यलाई स्वागत गरिने जानकारी दिए।
विस्तार योजना अन्तर्गत प्रमुख नेपाली सहरहरूमा विभिन्न आउटलेट, डिपार्टमेन्टल स्टोर्स, सपिंग सेन्टर र रेस्टुरेन्टहरुमा आकर्षक किओस्क र कार्टहरू राखि क्वालिटी आइसक्रिमलाई देशभरका आइसक्रिम प्रेमीहरूको पहुँचमा पुर्याउने योजना रहेको पनि कम्पनीले जनाएको छ।
क्वालिटीले पिस्ता, फ्रुट सलाद, म्यांगो, मलाई पिस्ता कुल्फी र कुकीज एण्ड क्रिम जस्ता अन्य धेरै उत्कृष्ट फ्लेभरहरू सहित स्टिक, कप र टबहरूमा अन्तर्राष्ट्रिय स्वादहरू विक्री गर्दै आएको छ।








