प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालनमा आउने बताएका छन्।
बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालनका लागि सुझाव पेश गर्न समिति गठन भएको र समितिको प्रतिवेदनमा आएको सिफारिस अनुसार सञ्चालन गरिने बताए।
उनले सार्वजनिक, नीजि साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने बताए।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा आफूले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको पनि उनले जानकारी दिए।
प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार








