२०८३ साउन १ , शुक्रबार

भारत भ्रमणबारे प्रधानमन्त्री: दुई देशकाबीच भएका सम्झौता कार्यान्वयनमा छलफल भयो



प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा जाँदा नेपाल—भारतका बीचमा भएका सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए।

बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक, शुन्य तथा विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो शपथग्रहण समारोहमा लिखित रुपमा आमन्त्रण गरेपछि भारत गएको बताए।

उनले त्यसक्रममा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने र दुई देशबिच विगतमा भएका सहमति तथा सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताए। त्यसै दुई देशका बीचमा बनेका द्विपक्षिय संयन्त्रहरुको बैठक सुचारु गर्ने विषयमा पनि गम्भीर रुपमा छलफल भएको उनले बताए।

प्रधानमन्त्री दाहालले त्यसक्रममा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य गर्ने बारेमा पनि छलफल भएको जानकारी दिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइएको र मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार