निर्धारित समय भन्दा २ घण्टा ढिलो सुरु भएको बागमती प्रदेशसभाको बैठक प्रतिपक्षीको अवरोधका कारण स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले बजेट सन्तुलित नभएको, बजेटमा त्रुटी भएको भन्दै पुनर्लेखनको मागसहित अवरोध गरेका हुन्।
बजेट पुनर्लेखनको माग गर्दै प्रतिपक्ष दलका सांसद्हरुले संसद् अवरोध गरेका हुन्। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सन्तुलित नभएको र आयव्ययको विवरण नै नमिलेको भन्दै कांग्रेस र राप्रपाका सांसदहरूले विरोध गरेका हुन्।
बजेट सिस्टमलाई नै उल्लंघन गरेर बजेट कार्यक्रम फरक पर्ने गरी पुस्तिका ल्याएको भन्दै उनीहरुले विरोध गरेका हुन्। कांग्रेस र राप्रपाका सांसद्हरुले प्रदेशसभा बैठकमा नाराबाजी गरेका छन्।
प्रतिपक्षको विरोध पश्चात् सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका गरेका छन्। आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि बिहान ११ बजे आव्हान गरिएको बैठक २ घण्टा ढिलो गरी दिउँसो १ बजे मात्र सुरु भएको थियो।








