२०८३ साउन १ , शुक्रबार

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा



सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ आफ्ना ग्राहकका लागि ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको छ। बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालयमा एक कार्यक्रम गरी योजना सार्वजनिक गरेको हो।

यो योजनाअन्तर्गत ग्राहकले सिद्धार्थ बैंकको कार्डबाट गरेको खरिद र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्नेछन्। उक्त अंकलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्टआदि जस्ता विभिन्न सेवा लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ।

सिद्धार्थ रिवार्डस सार्वजनिक गर्ने क्रममा, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले बैंकको यस सुरुवातले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायको सुरुवात गरेको बताए । ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन यसले विशेष मद्दत पुर्‍याउने उनको विश्वास छ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वरप्रसाद बस्यालले ग्राहकहरुको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखी कसरी पृथक एवं नवीनतम सेवा प्रदान गर्न सकिन्छ भन्नेमा बैंक सदैव केन्द्रित रहेको उल्लेख गरे ।

बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर विभिन्न समयमा ग्राहकमैत्री सेवाहरु ल्याउँदै आएको छ भने आगामी दिनमा पनि विभिन्न प्रविधि मैत्री सेवा तथा सुविधा सञ्चालनमा ल्याउने योजना बैंकको रहेको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार