२०८३ साउन १ , शुक्रबार

नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु



जुम्लामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

तातोपानी गाउँपालिका-२ निवासी १८ वर्षीय कबिराज डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी बिहीबार दिउँसो नुहाउन भनेर साथीहरूसँग तिला नदी पुगेका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय लगायको करिब ४५ मिनेटको खोजी पश्चात् उनी मृत अवस्थामा फेला परेका थिए।

घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार