२०८३ साउन १ , शुक्रबार

कांग्रेस संसदीय दलको बैठक बस्दै



नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।

संसदीय दलको बैठक अघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने बताइएको छ।

आजको बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुनेछ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रबार