आईसिसी टी–२० विश्वकप क्रिकेटमा वर्षाका कारण रोकिएको बङ्गलादेश र अस्ट्रेलियाबीचको खेल सुचारु भएको छ।
सर विभियन रिचर्ड्स स्टेडियममा जारी सुपर ८ को खेल अन्तर्गत बङ्गलादेशले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको अस्ट्रेलियाले ब्याटिङ्ग गरिरहँदा वर्षा सुरु भएपछि केहीबेर खेल रोकिएको थियो।
वर्षा सुरु हुनु अघिसम्म ६.२ ओभरमा विना कुनै विकेटको क्षतिमा ६४ रन बनाएको अस्ट्र्लियाले त्यहिबाट आफ्नो खेल सुरु गरेका छ। खेल सुरु हुनासाथ अस्ट्र्लियाले आफ्नो लगातार पहिलो र दोस्रो विकेट गुमाएको छ।
अस्ट्र्लियाका ओपनर ब्याट्सम्यान ट्रेभिस हेड ३५ रनमा बङ्गलादेशका रिसाद होसेननको बलमा बोल्ड भएका छन् भने मिचेल मार्स १ रनमा रिसादकै बलमा एलबी डब्ल्यू आउट भएका छन्।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १४० रन बनाएको छ।








