शिखर इन्स्योरेन्स कम्पनीले कैलालीमा सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रममा सहयोग गरेको छ।
यसै क्रममा धनगढी उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा इन्स्योरेन्सले १३ लाख १५ हजार रूपैयाँ सहयोग गरेको छ। नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि शिखर इन्स्योरेन्स सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नगर प्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रूपैयाँको चेक हस्तान्तरण गरेका छन्।
धनगढी उपमहानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा उक्त रकम सहयोग गरिएको हो।
प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रबार








