२०८३ साउन १ , शुक्रबार

बङ्गलादेश र अस्ट्रेलिया बीच जारी खेलमा वर्षा बाधक



आईसिसी टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र अस्ट्रेलियाबीच जारी खेल वर्षाका कारण प्रभावित बनेको छ।

सर विभियन रिचर्ड्स स्टेडियममा जारी सुपर ८ को खेल अन्तर्गत बङ्गलादेशले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको अस्ट्रेलियाले ब्याटिङ्ग गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको छ।

वर्षा सुरु हुनु अघिसम्म अस्ट्र्लियाले ६.२ ओभर खेल्दै विना कुनै विकेटको क्षतिमा ६४ रन बनाइसकेको छ।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेशले निर्धारित ओभर खेल्दै ८ विकेटको क्षतिमा १४० रन बनाएको छ।

प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रबार