सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल जजिरा एक्सचेन्जबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।
युएईमा रहेका नेपालीले अल जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सक्नेछन्। यस्तै नेपालमा सिटी एक्सप्रेससँग आबद्ध २५ हजार बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुन सुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिने जनाएको छ।
यस सेवाले युएईमा वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास ट्रान्सफरको छ।
प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रबार








