प्रभु बैंकका ग्राहकलाई विभिन्न होटल तथा रेष्टुरेन्टमा छुट दिने सम्बन्धमा व्यावसायिक सम्झौता गरिएको छ।
सम्झौता अनुसार बैंकका ग्राहक, कार्ड प्रयोगकर्ता, कर्मचारी तथा कर्मचारीका परिवारले सम्झौता भएका होटल तथा रेष्टुरेन्टमा उपलब्ध आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवामा पाँच प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका कर्मचारी तथा ग्राहकले प्रभु बैंकसँगको आबद्घताको प्रमाणको आधारमा यो सुविधा प्राप्त गर्ने छन्। ग्राहकले यस्तो सुविधा बन्दीपुरको इको होटल, हेरिटेज गेष्ट हाउस एन्ड रेष्टुरेन्ट, होटल दरबार हिमालय, फल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल, हिल्स सेभेन रेष्टुरेन्ट एन्ड लज, होटल तीनधारा, वल्र्ड हाउस क्याफे एन्ड लजमा पाउन सक्नेछन्।
प्रकाशित मिति : २०८१ असार ८ गते शुक्रबार








